७ बैशाख २०८१, शुक्रबार 1713559405
Banner

चुनाब प्रचारमा राज्यकोषको दुरुपयोगय भएको आशंकामा अख्तियारले छानबिन गर्दै

काठमाडौं । विगतका निर्वाचनमाभन्दा यसपटक आचारसंहिता कार्यान्वयनमा चनाखो बनेको निर्वाचन आयोगले प्रचारप्रसारका बेला राज्यकोषबाट भएको खर्चको विवरण खाजेको छ । आयोगको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचारप्रसारका दौरान राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको हो ।

निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको हो । निर्वाचन प्रचारका लागि केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरु नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए ।

नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशंकामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो । आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरिएको बताएका थिए ।