६ बैशाख २०८१, बिहीबार 1713451113
Banner

जन्मदिनमा एकअर्कालाई माला लगाईदिदै पत्नी राधिका शाक्यले भन्नुभयो, ‘मेरालागि केपी ओलीको जन्मदिन भन्दा ठुलो चाड अरु छैन’

काठमाडौं । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आज ७१ औं जन्मदिन मनाईएको छ । ओलीको जन्मदिनका अवसरमा पत्नी राधिका शाक्यले ओलीको जन्मगाउँमा रहेका ९ वटा स्कुललाई १ लाख ८० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

जन्मदिनको अवसर पत्नी राधिका शाक्यले भन्नुभयो, ‘२०४४ सालमा विवाह गरेर आएदेखि अहिले सम्म आफ्नो गच्छेले भ्याए सम्म उहाँको जन्मदिन मनाउँदै आएकी छु । मलाई उहाँको जन्मदिन भन्दा ठुलो चाड केही लाग्दैन ।’ पलपलमा मरेर बाँच्नुभएका अध्यक्षसँग विवाह गर्नु नै आफ्ना लागि जोखिम थियो उहाँले भन्नुभयो । विवाह गरेकै दिन भोलि के हुन्छ ? थाहा थिएन्, भोलि थुन्ने हो कि, फेरि लैजाने पो हो कि, भन्ने चिन्ता थियो त्यो बेला मैले जोखिम मोलेकै हो पत्नी शाक्यले भन्नुभयो । प्रत्येक चुनावमा घरबाट निस्किसकेपछि भरे सद्धे फर्किने हो कि होइन भनेर आफुलाई सधै चिन्ता लाग्ने गरेको उहाँले स्मरण गर्नुभयो । त्यस कारणपनि आफना लागि केपी ओलीको जन्मदिन विशेष हुने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीको ७१ औं जन्मदिन मनाउन पाउँनु पत्नी राधिका शाक्यको मुख्य भुमिका रहेको सहभागिले बताएका थिए ।