१२ बैशाख २०८१, बुधबार 1713969771
Banner

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको भेटवार्ता जारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुग्नुभएको छ ।

हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएका प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्डलाई भेट्न प्रचण्डनिवास पुग्नुभएको छ ।

संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाउनुभएको छ । देउवा र ओलीबीच हिजो भएको भेटवार्तामा देउवाले ओलीलाई एमसीसीमा सघाउन आग्रह गर्नुभएको थियो। जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न अडान राख्नुभएको थियो ।

एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।