६ जेष्ठ २०८१, आईतवार 1716112292
Banner

यसबर्षको तिहार सम्पन्न, तिहारको विदा मनाउन आजपनि सार्वजनिक बिदा

काठमाडौं । यसबर्षको तिहार सम्पन्न भएको छ । तिहारको मुख्य दिन हिजो भाइटीका लगाएसँगै यसबर्षको तिहार सकिएको हो । यसबर्ष राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाउनुभएन । राष्ट्रपतिले माइतीतर्फ जुठो परेका कारण भाइटीका नलगाउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस वर्षको भाइटीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो बर्षको तिहार हिजो सकिएपनि सरकारले आजपनि सार्वजनिक बिदा दिएको छ । तिहार मनाउन सर्वसाधरण आ–आफनो थाक थलो फर्किने र भोलि शनिबार भएकाले आज एक दिन सरकारले तिहारको बिदा थपिदिएको हो । आइतबार पनि छठपर्व भएकाले सरकारी कार्यालय सोमवारदेखि मात्रै खुल्ने भएका छन् ।