११ आश्विन २०८०, बिहीबार 1695898405
Banner

अघिल्लो चुनावमा मैले गरेका अधिकांश प्रतिबद्धता पुरा गरेको छु : राजेश शाक्य (भिडियो अन्तरवार्ता)

काठमाडौ । मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ८ (१)का निर्वतमान प्रदेश सांसद राजेश शाक्य पुन उम्मेदवार बन्नुभएको छ । २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित हुनुभएका सांसद शाक्यले प्रतिस्पर्धी नेपाली काँग्रेसकी राज्यलक्ष्मी श्रेष्ठलाई १७ सय ७४ मतले हराउनुभएको थियो ।

शाक्यले आफनो निर्वाचन क्षेत्रमा १० बर्षमा हुन नसकेको कार्य १ बर्षमै गरेको बताउनुहुन्छ । बर्षायामको समयमा बाढी आउँदा घर भित्रैै पानी पस्ने समस्याको समाधान आफुले गरेको उहाँको भनाइ छ । ‘वडाका बिभिन्न स्थानमा रिटेन्सन बाल लगाएपछि यतिबेला बस्तिमा पानी पस्ने समस्याको समाधान भएको छ’ शाक्यले भन्नुभयो। २०७४ सालको निर्वाचनमा आफुले गरेको १४ वटा प्रतिबद्धतामा १३ वटा प्रतिबद्धता पुरा गरेको उहाँले बताउनुभयो । १३ वटै वडामा रिटेन्सन बाल, ब्याडमिन्टन कोट, योगा भवन निमार्ण कार्य सम्पन्न भएको शाक्यको भनाइ छ ।

स्कुल, अस्पताल निमार्ण, पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेका काष्ठमण्डप, गोपिनाथ मन्दिर, जगन्नाथ मन्दिर, ऐेतिहासिक बिहार, मठमन्दिर, एडखाबहालको पुन निमार्णको कार्य सम्पन्न गरेकाले काठमाडौं क्षेत्र नम्बर ८ का जनता थप उत्साहीत भएको शाक्यले बताउनुभयो ।

अबको चुनावमा निर्वाचित भएपछि हनुमानढोकाको गुरुयोजना बनाएर काम सम्पन्न गर्ने र हनुमानढोका जस्तो विश्वसम्पदासूचिमा सूचिकृत सम्पदलाई विश्वसामू चिनाउने योजना रहेको उहाँले बताउनुभयो । पुरातात्तिव महत्व बोकेका संम्पदाको संरक्षण र स्थानीय सीपको प्रर्वद्धन गदै रोजगार सिर्जनका लागि आफुले फेरि उम्मेदवारी दिएको शाक्यको भनाई छ ।