७ बैशाख २०८१, शुक्रबार 1713513935
खेलकुद

अष्ट्रेलियाले श्रीलंकालाई हरायो

काठमाडौं । आईसीसी पुरुष विश्वकप अन्तर्गत सुपर १२ मा साविक विजेता अष्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ ।

पर्थ स्टेडियममा सम्पन्न समूह १ को खेलमा अष्ट्रेलियाले निर्धारित ओभरको २१ बल बाँकी हुँदा ७ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १ सय ५८ रनको लक्ष अष्ट्रेलियाले तीन विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको ब्याटिङमा मार्कस स्टोनिसले अविजित ५९ रनको योगदान गरे । उनले १८ बलमा चार चौका र ६ छक्का प्रहार गरे । कप्तान एरोन फिन्च ३१ रनमा अविजित रहँदा ग्लेन म्याक्सवेलले २३ रन, डेविड वार्नर ११ रन र मिचेल मार्सले १८ रनको योगदान गरे ।

श्रीलंकाको बलिङमा धनन्जय दि सिल्भा, चामिका कारुनारातेन महिस थिकसानाले समान एक विकेट लिए । यसअघि,टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाका लागि ओपनर पाथम निसान्काले सर्वाधिक ४० रनको योगदान गरे । धनन्जय दी सिल्भा २६ रनमा आउट हुँदा चारिथ आसालान्का ३८ रन र चामिका करुणारतेनल १४ रनमा अविजित रहे । भने, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाकोे बलिङमा जोश हाजेलहुड, प्याथ क्यूमिन्स, मिचेल स्टार्क,एस्टोन आगर र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया न्यूजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो । सुपर १२ मा अब शुक्रबार अष्ट्रेलियाले इङल्यान्डको समना गर्नेछ । श्रीलंकाले शनिबार न्यूजिल्यनन्डसँग प्रतिस्पर्धा गर्नेछ ।