५ जेष्ठ २०८१, शनिबार 1716037164
राजनीति

अध्यक्ष ओलीबाट विश्व रेकर्डको प्रमाणपत्र लिए ‘मेमोरी किङ’ अर्पण शर्माले

काठमाडौँ – ‘मेमोरी किङ’ले चिनिएका अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गर्नुभएको छ । युवाहरू माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गर्नुभएको हो ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उहाँ आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिनुहुन्छ ।

यसअघि सन् २०१५ मा शर्माले १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाउनु भएको थियो ।