४ जेष्ठ २०८१, शुक्रबार 1715939891
प्रदेश

डडेलधुरा कांग्रेस कार्यकर्ताले देउवालाई भोट नहाल्ने निर्णय

डडेलधुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वेवास्ता गरेको भन्दै डडेलधुरा भागेश्वर गाउँपालिका–५ को कांग्रेस वडा समितिले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । सभापति देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा कांग्रेसको वडा समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

जिल्लाको भागेश्वर गाउँपालिका–५ को कांग्रेसको वडा समितिले वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो । चुनाव बहिष्कार गर्दै कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निणर्य बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।