४ बैशाख २०८१, मंगलवार 1713277849
Banner

स्थानीय तहकाे निर्वाचन घाेषणाविरुद्धकाे रिटमा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं- स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वाेच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ।

सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहकाे चुनाव घाेषणा गरेपनि ०७४ मा दाेस्राे र तेस्राे चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिकाे कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएकाे थियाे ।

महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ।

सर्वोच्च अदालत प्रशासनले सुरुमा उनकाे रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको हाे ।

०७४ मा स्थानीय तहकाे निर्वाचन तीन चरणमा भएकाे थियाे । तर, याे पटक ७५३ वटै स्थानीय तहकाे निर्वाचन एक पटक गर्न लागिएकाे हाे ।