४ जेष्ठ २०८१, शुक्रबार 1715935769
Banner

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं-सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बन्नुभएको छ । कम्युनिष्ट पार्टीको अधिवेशनमा उहाँ फेरि पार्टीको महासचिवमा निर्वाचित हुनुभयो । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उहाँ आगामी पाँच वर्षसम्म यही पदमा रहनुहुने छ ।

एक दशकदेखि सत्तामा रहनुभएका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उहाँ अब माओत्सेतुङको बराबर हुनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेनन् ।

सी जिनपिङले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गर्नुभएको छ । सी जिनपिङको टोलीमा ली कियांग, शाओ लेजी, वाङ हुनिङ, काई के डिंग शेशियांग र ली शी समावेश छन् जसमध्ये ली कियांगलाई नयाँ प्रधानमन्त्री बनाइएको छ । उहाँले ली केकियांगको स्थान ओगट्नु भएको छ ।

पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भन्नुभयो, ‘ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद ।’

उहाँले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अग्रसर हुने बताउनुभयो । एजेन्सी