२०७९ मंसिर १६ शुक्रबार 1669995366
खेलकुद

नेपाल खेलकुद महासंघले ७ वटै प्रदेशमा प्रदेश अधिवेशन गर्दै, यस्तो छ तालिका

काठमाडौं । नेपाल खेलकुद महासंघले ७ वटै प्रदेशमा प्रदेश अधिवेशन गरिरहेको छ । जस अन्र्तगत फाल्गुन ७ गते नेपाल खेलकुद महासंघको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

त्यसैगरि फागुन १४ गते बागमती प्रदेशको अधिवेशन मकवानपुरको हेटौडामा, फागुन १६ गते सुदुरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा, फागुन १८ गते कर्णाली प्रदेशको अधिवेशन सुर्खेतको वीरेन्द्रनगरमा, १९ गते लुम्बिनी प्रदेशको अधिवेशन बुटबल तथा गण्डकी प्रदेशको अधिवेशन कास्कीको पोखरामा, २० गते मधेश प्रदेशको अधिवेशन धनुषाको महेन्द्रनगरमा, फागुन २१ गते प्रदेश १ को अधिवेशन सुखानी झापामा गरिने तयारी भएको खेलकुद महासंघका प्रवक्ता उमेश केसीले बताउनुभयो ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुईसहित ७५ जनाको नयाँ कार्यसमिति गठन गर्ने छ । सातवटै प्रदेश कमिटिको अधिवेशन सकिएपछि फागुन २८ गते महासंघमा सम्बद्ध खेल संघहरुको संयुक्त भेला काठमाडौमा आयोजनाको तयारी भएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।