८ बैशाख २०८१, शनिबार 1713608536
Banner

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटका लागि आज यूएईसँग खेल्दै नेपाल

काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गरेको नेपालले आज यूएईविरुद्ध खेल्दै छ।

मंगलबार अर्थात् आज ओमानको अल अमेरातमा नेपालले सेमिफाइनलमा यूएईको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ। विश्वकप छनोट हुने लक्ष्य बोकेको नेपालका लागि मंगलबारको खेल महत्वपूर्ण छ। नेपालले यसअघिको जस्तै शतप्रतिशत खेल प्रदर्शन गर्दै फाइनल पुग्ने लक्ष्य लिएको कप्तान सन्दीप लामिछानेले बताएका छन्।

यूएईलाई पराजित गर्दै नेपाल फाइनल पुगे आगामी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो। त्यसपछि नेपाल छनोट हुन सकेको छैन। नेपाल र यूएईको पछिल्लो हेड टु हेड बराबरीको स्थितिमा रहेको छ।