५ जेष्ठ २०८१, शनिबार 1716031852
कला/साहित्य

नेपाली चलचित्र ‘महापुरुष’को देउसी भैलो’ आज 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महापुरुष’को निर्माण टिमले आज देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । यसलाई निर्माण पक्षले ‘महादेउसी भैलो’ कार्यक्रमको नाम दिएको छ । 

चलचित्रको प्रचारका क्रममा रहेको निर्माण पक्षले आज साँझ ५ बजे नयाँ बानेश्वरमा कार्यक्रम आयोजना गरिएको जनाएको छ । कार्यक्रममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई, हास्य कलाकार जितु नेपाल, सुमन कार्की, दीपकराज गिरी, दीपाश्री निरौलगायत कलाकार सहभागी हुनेछन् । इन्द्रेणी दोहोरी टिम पनि देउसी भैलो कार्यक्रममा सहभागी हुनेछ ।