६ जेष्ठ २०८१, आईतवार 1716098194
Banner

एमाले सरकारले तीन वर्षमै देशलाई तुइनमुक्त बनायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको तीन वर्षमा देशलाई तुइनमुक्त बनाएको बताउनुभएको छ । शुक्रवार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले हजारौँ किलोमिटर पक्की सडक बनाएको बताउनुभयो ।

‘एमाले सरकार आएपछि जहाँ पनि सडक, जहाँ पनि झोलुङ्गे र पक्की पुल बनाएका छौँ। पहिले साह्रै गाह्रो थियो। मान्छे तुइनमा झुन्डिँदै तरेको देख्नुपर्थ्यो। अहिले हेर्नुस् त पक्की र झोलुङ्गे पुल छन्। हामीले तीन वर्षमा देशभरि नै तुइन विस्थापित गरेका छौँ। चार सय झोलुङ्गे पुल र हजारौँ किलोमिटर पक्की सडक बनाएका छौँ।’ ओलीले भन्नुभयो ।

देश यातायात र सामाजिक सञ्जालले जोडेको समेत उहाँको भनाई थियो ।