६ जेष्ठ २०८१, आईतवार 1716122449
राजनीति

नेकपा एमाले सूर्यविनायक २ वडा कमिटिद्वारा वृहत अगुवा कार्यकर्ता भेलाको आयोजना


भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नम्वर २ द्वारा बृहत अगुवा कार्यकर्ता भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार दिउँसो २ बजे रेडक्रस भवन बालकोटमा आयोजित कार्यक्रममा जिल्लाका अगुवा नेताहरुको सहभागिता रहने बताइएको छ ।

कार्यक्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का एमाले प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेत, प्रदेश (क) का उम्मेदवार किरण थापा र प्रदेश (ख) का उम्मेदवार चन्दन कृष्ण श्रेष्ठ सहित अगुवा नेता कार्यकर्ताको सहभागिता रहने एमालेले जनाएको छ ।