६ जेष्ठ २०८१, आईतवार 1716131621
Banner

तस्विरमा हेर्नुहोस ललितपुरको पुष्प मेला

तिहारलाई  लक्षित गरेर १५औँ गोदावरी पुष्प मेला  ललितपुरको जावलाखेलमा आजदेखिदेखि  सुरु भएको छ ।  ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको मेला कात्तिक ६ गतेसम्म चल्ने प्रदर्शनीको कार्यक्रम संयोजक डिबी तामाङ्ले जानकारी दिनुभयाे । तस्विर रासस

फ्लोरिकल्चर एशोसिएसन, नेपालले आयोजना गरेको उक्त मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक चार गरेर ५५ वटा प्रदर्शनी कक्ष  छन् ।   प्रदर्शनीमा आकर्षक गमलादेखि  विभिन्न प्रकारका फूल तथा औजार बिक्रीमा राखिएको छ ।