५ जेष्ठ २०८१, शनिबार 1716039994
पालिका

ललितपुरमा तेह्र सय म्यादी प्रहरी परिचालन हुने

काठमाडौं – ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ ।

ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भइरहेको छ । ललितपुरका विभिन्न नौं स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ ।

१० दिनको तालिमपछि उनीहरुलाई आवश्यकता अनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्याद प्रहरीहरुमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताउनु भयो ।