६ बैशाख २०८१, बिहीबार 1713446558
खेलकुद

आईसीसी पुरुष टी–ट्वान्टीमा आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज सोमवार क्यानडाको सामना गर्दैछ ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ । नेपाल र क्यानडाबीचको खेल दिउँसो ३स्४५ बजे शुरू हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।

नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । २ खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ ।