२०७९ आश्विन १६ आईतवार 1664741974
Uncategorized

बागमती प्रदेश सभाको बैठक एमालेद्वारा अवरुद्ध

हेटौंडा- बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताउनुभयो ।

यसपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको बताउनुभयो । आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।