६ बैशाख २०८१, बिहीबार 1713445738
Banner

२२९ कोरोना संक्रमित थपिए : चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गदौ २२९ जनामा संक्रमण पुष्टि भएको हो।

प्रवक्ता मिश्रका अनुसार तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टीजेन परीक्षणबाट २४ घण्टामा २६२ जनामा संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो।

त्यसैगरी २४ घण्टामा थप चार जनाको कोरोनाले मृत्यु भएको छ भने एक हजार ३३८ जना डिस्चार्ज भएका छन्। २४ घण्टामा ३३ हजार २५४ जनाले खोप लगाएका छन्। अहिले देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन्।