२०७९ मंसिर २४ शनिबार 1670670386
Banner

इन्डोनेसियामा फुटबल खेलका क्रममा हार्ने पक्षले हिंसा मच्चाउँदा १७४ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी मृत्यु हुनेको संख्या १७४ पुगेको छ । बीबीसीका अनुसार हिंसामा परी १८० जना घाइते भएका छन् ।

फुटबल खेलका क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा उक्त घटना भएको थियो । फुटबलमा हार्ने पक्षका समर्थकले पिचमा आएर आक्रमण गरेपछि भागदौड मच्चिएको थियो । समर्थकलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।