१३ बैशाख २०८१, बिहीबार 1714064536
Banner

पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाइन्छ: अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सुखी बनाउन एमालेको सरकार चाहिने बताउनुभएको छ । सूर्यविनायक नगर अस्पतालको उद्घाटन गर्दै शनिबार एमाले अध्यक्ष ओलीले जनतालाई सुखी बनाउनका लागि आउँदै गरेको चुनावको स्मरण गर्दै चुनावपछि एमाले सरकार बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘महाभारतमा एउटा सकुनीको षडयन्त्रले राम १४ वर्ष वनबास गएका थिए, यहाँ त कति छन् छन् मन्थरा र सकुनी । मलाई प्रधानमन्त्रीबाट हटाउनु कुन ठूलो कुरा भयो र ।’

ओलीले यहाँ बढीमा पाँच वर्ष कुर्नुपर्ने भन्दै अब चुनाव आउन एक वर्षमात्रै बाँकी रहेको बताउदै उहाँले भन्नुभयो, ‘अब एक वर्षभित्र चुनाव आउनैपर्छ । पाँच दलीय गठबन्धन स्वार्थी गठबन्धन हो। बढीमा एक वर्ष हो यिनीहरूको आयु। संसारभरिका ज्योतिषीलाई राखेर सोध्यो भने त्यसै भन्छन् ।

पूर्व प्रधानमन्त्री अ‍ोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी समेत दिनुभएको छ । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताउनुभयो । एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताउनुभयो।