१२ बैशाख २०८१, बुधबार 1713946029
अपराध

झापामा एक व्यक्तिले गरे आमा र काकाको हत्या

मेचीनगर- कमल गाउँपालिकामा गए राति दुई जनाको हत्या भएको छ ।

कमल गाउँपालिका–२ स्थित सिमलडाँगीमा २३ वर्षका चन्द्रबहादुर माझीले आफ्नै आमा चन्द्रकला माझी र काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले गए राति साढे १० बजे अलग अलग सुतिरहेका ५० वर्षीया आमा र सोहि उमेरका काकालाई चन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको बताउनुभयो ।

घटनाको जानकारी पाए लगत्तै हत्या गरेर भाग्दै गरेका चन्द्र माझीलाई तत्कालै इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको उहाँको भनाई छ ।

आवश्यक कानुनी प्रक्रिया पुरा गरी सबलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको बताईएको छ ।

पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।