७ बैशाख २०८१, शुक्रबार 1713526803
विश्व

दर्शनार्थी बोकेको ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु

काठमाडौं । भारतको कानपुरमा सडक दुर्घटना भएको छ । मन्दिरमा पूजापाठका लागि गएका दर्शनार्थी बोकेको ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फतेहपुरको चन्द्रिकादेवी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा ट्रयाक्टर दुर्घटना भएको हो । मृत्यु हुनेमा ११ बालबालिका रहेका छन् ।

ट्रयाक्टर पल्टिएर ट्रली पोखरीमा परेको थियो । तत्कालै प्रशासनको उद्धार टोली परिचालन भई घाइतेको उद्धार गरिएको छ । घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ । एजेन्सी