१३ बैशाख २०८१, बिहीबार 1714039491
प्रदेश

खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ स्थित बाहुनीडाँडामा गुडिरहेको बसमा आगलागी भएको छ।

काठमाडौंबाट खोटाङतर्फ गइरहेको यात्रुवाहक बसमा एक्कासी आगलागी भएको हो।

बसमा आगलागी हुँदा कुनै मानवीय क्षती भने भएको छैन । घटनास्थलमा भएका यात्रुहरुका अनुसार बससहित बसमा भएका सामानहरु जलेर नष्ट भएको छ।

नेपालीहरुको चाड बडा दसैँमा घर फर्कने यात्रुहरु बसमा आगलागी भएपछि अलपत्र परेका छन्। उनीहरुलाई अर्को गाडी ब्यवस्था गरेर गन्तव्यतर्फ पुर्याउनगरी प्रहरीसँग समन्वय भइरहेको घटनास्थलमा रहेका एक स्थानीयले जानकारी दिए।