१२ बैशाख २०८१, बुधबार 1714018896
Banner

सल्यानमा जिप दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते

सल्यान – सल्यानको कुमाख गाउँपालिका-७ चिसापानीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसीका अनुसार शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमालीनजिकै दुर्घटनामा परेका हो ।

दुर्घटनामा कुमाख गाउँपालिका-७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

डुमकोटबाट धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । जिपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको डीएसपी केसीले जनाए ।

उकालोमा ‘ब्याक’ गर्ने क्रममा दुर्घटना हुँदा जीप सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।