१३ बैशाख २०८१, बिहीबार 1714074181
राजनीति

काँग्रेसमा शेखर समुहको गुट भेला जारी

काठमाडौ- सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्रमा भागवण्डा मिलेको खबर आइरहँदा काँग्रेसका शेरख कोइराला समुहले गुट भेलालाई तिव्रता दिएको छ । गठबन्धनमा सिटबाँडफाँडको विरुद्धमा हिजो पार्टी कार्यलयमा धर्ना बसेको यो समुहले आज विहानै अलग्गै शुभकामना कार्यक्रम राखेको छ ।

बत्तसपुतलीको एक होटलमा आयोजना गरिएको कार्यक्रममा कोइराला,उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा,चन्द्र भण्डारी,धनराज गुरुङ लगयातका नेताहरु सहभागी भएका थिए ।