६ बैशाख २०८१, बिहीबार 1713467584
Banner

अमेरिकाकी चर्चित हिमाल आरोही हिलारी नेल्सन मनास्लु हिमालमा मृत फेला

पोखरा । अमेरिकाकी चर्चित हिमाल आरोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत भेटिएकी छन् । गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन्। हिमाल आरोहण गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्।

सांग्रिला नेपाल ट्रेकमार्फत् नेल्सनको मनास्लु आरोहणमा गएकी थिइन्। सांग्रिला नेपाल ट्रेकका प्रमुख जीवन घिमिरेले बुधबार बिहान नेल्सनको शव फेला परेको जानकारी दिए। ‘हामी शव निकालेर काठमाडौं लैजाने तयारी गरिरहेका छौं,’ उनले भने।

सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी एक आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो। नेल्सन दुई दशकदेखि हिमाल आरोहणमा संलग्न थिइन्। विभिन्न १६ मुलुकमा उनले ४० वटा हिमालको आरोहण गरिसकेकी थिईन् ।