१३ बैशाख २०८१, बिहीबार 1714045383
Banner

अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुनुहुनुहुन्छ ।

गत २७ भदौमा चीनको नेसनल पिपल्स कंगे्रस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगतै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तक्र्रियाका लागि नेपाल आउन लागेको’ उल्लेख गरेको छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्षनेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।

नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर जारी छ । पछिल्लो समय चीनका वरिष्ठ नेताको नेपाल भ्रमणलगतै अमेरिकी उच्च अधिकारीको भ्रमण अर्थपूर्णमा रूपमा हेरिएको छ । उहाँले नेपाल रहँदा ‘चीन र रुसले फैलाएको मिथ्यापूर्ण सूचनाको कसरी प्रतिवाद गर्ने ?’ भन्ने विषयलाई प्राथमिकतासाथ विभिन्न व्यक्तिसँग छलफल गर्ने कार्यक्रम छ ।

१२ दिने भ्रमणमा आउन लाग्नुभएकी सहायक विदेशमन्त्री ट्रडोले अमेरिकी कूटनीतिक नियोगसँग नीति तथा कार्यक्रम विषय प्राथमिकतामा राख्ने अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । उहाँ नेपाल भ्रमणपछि संयुक्त अरब इमिरेट्स त्यसपछि मध्य एसियाका उज्वेकिस्तान र किर्गिस्तान जाने योजना रहेको एम्बेसीले जनाएको छ ।