८ बैशाख २०८१, शनिबार 1713619530
Banner

हनुमानढोका स्थित दशैं घरमा यसरी राखियो जमरा (फोटो फिचर)

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा सोमबार विधिवत् रुपमा जमरा राखिएको छ । विधिवत् रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिएको हो । हनुमानढोकास्थित दशैँघरमा पनि विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत १०:२३ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धून बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ ।

दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । सोमबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ । नवरात्रिभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । तस्बिर : सुजन गुरुङ/गोप