२५ माघ २०७९, बुधबार 1675877133
Banner

महिला राष्ट्रपतिका बारेमा तथानाम आउँदा बौद्धिक भनिने महिलाले एक अक्षर लेखेनन्

म आफैँ पनि महिला भएका नाताले मलाई नै प्रायः महिलाको दैनिकी थाहा छ । घटी वा बेसी आम नेपाली महिला नेतृहरु बिहानै देखि घरकाममा लाग्नु पर्ने अवस्था छ । प्रायः महिला नेतृहरु भरसक पतिलाई भन्दा घरका सारा कामकाजहरु आफैँ गर्ने सोचमा रहेका देखिन्छन् । यो पितृसत्तात्मक सोच हो । ब्रिसबेन, अस्ट्रेलियाको एक अस्पतालका एक महिला डाक्टरले नातिनीहरुको उपचारका सिलसिलामा जाँदा तिम्रा बुबा प्रा.डा. बद्रीविशाल पोखरेलले घरमा भात पकाउँछन् कि पकाउँदैनन् भनेर छोरी प्रशंसा पोखरेल अधिकारीलाई सोधिछन् । विकसित मुलुकमा पनि हर नारीलाई तिमीलाई घरका तमाम काममा श्रीमान्ले तिमीलाई सरसहयोग गर्छन् गर्दैनन् भनेर बारबार सोध्दा रहेछन् । अझ ती डाक्टर र नर्सहरुले महिलाहरुलाई तिम्रा श्रीमान्ले हेलाहोचो त गर्दैनन् भनेर पनि सोधीखोजी गर्दा रहेछन् । यसको मतलब उहिल्यैदेखि समाजमा जरा गाडेर रहेका महिला असमानताका विषयलाई बारबार खबरदारी गर्नु पर्ने अवस्था हुँदो रहेछ । यस्तो सोधीखोजी नेपाली महिलाहरुलाई मात्र होइन अस्ट्रेलियाका महिलाहरुलाई पनि सोधी खोजी गरेको देखियो । यसबाट के बुझिन्छ भने स्वयं महिलाहरु पनि समान अधिकारका लागि घरघरमा सचेत हुनुपर्छ भन्ने बुझिन्छ । त्यसैले नेपाली महिला नेतृहरुले पुरुष सरह बौद्धिक बन्ने हो भने यस काममा समय उभारेर लाग्नु जरुरी हुन्छ । तर हामी चाहिँ यस्ता काममा खास ख्याल गरिरहेका छैनौँ ।

नेपाली सिनेमा जगत्की प्रख्यात कलाकार तथा राजनीतिक उच्च चेत भएकी रेखा थापाले महिलाहरुको पिछडिएको यथार्थ एक प्रसंगमा खोल्नु भयो । थापाले पुरुषहरुसित भेट हुँदा प्रायः राजनीतिक,सामाजिक लगायत विषयका बारेमा छलफल र चर्चा हुनेगर्छन् तर महिलाहरुसित भेटघाट हुँदा भने सिँगारपटार लगायत व्यक्तिगत जीवनका विषय मात्र उठ्छन् । थापाका अनुसार प्रायः नेपाली महिलाहरु देश,जनता र दुनियाँका विषयको चर्चै गर्दैनन् ।

महिला नेतृहरुले पत्रपत्रिका पढ्ने, तिनमा लेख छाप्ने लेख्ने, अन्तर्वार्ता दिने सुन्ने गरेको थाहा पाइन्न । प्रायः पत्रिका टेलिभिजन र यूटुब लगायत सामाजिक संजालहरु हेर्दा महिला नेतृहरुकै रुचि सतही देखिन्छ । महिला आन्दोलनको सबै भन्दा सबल संघ भन्ने संस्थाका महिला नेतृहरु नै यस्ता विषयमा धेरै पछि परेको पाइन्छ । कुन पत्रिकामा, कुन मिडियामा र कुन युटुवमा कुन प्रगतिशील महिलाहरुले लेखे, बोलेको र अन्तर्वार्ता दिएका छन् भनेर हेर्ने हो भने शून्य जस्तै देखिन्छ । नेतृ शिवमाया तुम्बाहाम्फेले कान्तिपुर टेलिभिजनामा अन्तर्वार्ता दिएको देखियो । उहाँको अन्तर्वार्ता सही थियो । बरु पत्रकार दिल भुषण पाठकले एमाले र ओली विरोधी कुरा बारबार उठाए पनि त्यसको खण्डन शिवमायाले राम्ररी गर्नु भयो । गलत कुरा, विषय र मुद्दाको विरोध गर्ने पनि पाइन मुस्किल देखिन्छ । आक्कल झुक्कल डा. बिन्दा पाण्डेका लेख र अन्तर्वार्ता आउँछन् । आजै मिश्र बैजयन्तीको एक अखबारमा छापिएको रहेछ । नेका नेतृ डा. डिला संग्रौलाका लेख र वहाँका प्रभावशाली विचार पनि सुन्न पाइन्छ । गर्नु पर्ने कति छ कति अनि अलिकति मात्र गरेर ह्ुन्छ ? लेख्न सुरु गरे लेख्न जानिन्छ क्या । जिन्दगीभरि पर्चा टाँसेको र कुन्ता शर्माले लेखेको एउटा कविताको महत्व उस्तै हुन्छ र तर पर्चा टाँस्ने काम कामै होइन भनेको होइन । खै एमाले महिला पत्रकार कति छन् ? अनि बौद्धिक कर्म गर्नेलाई कसैले महत्व दिन्छ ? तर पनि बौद्धिक कर्मको कुनै एकदिन समाजले अवश्य महत्व स्वीकार्छ । स्वीकार नगरी धरै छैन ।

महिला राष्ट्रपति भनेर बारबार तथानाम बोल्दा उपल्ला तहका बौद्धिक भनिने महिलाले एक अक्षर लेखेको बोलेको देखिएन । अनेम संघ लगायत मोर्चा संगठनको बैठकमा मात्र बालेर हुँदैन । अहिले राष्ट्रपतिले राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा प्रधानमन्त्री र उपराष्ट्रपतिले गम्भीर फतुर आरोप लगाएको, देखिन्छ । तर महिला नेतृ कुनै अखबारमा र मिडियामा देखिन्नन् । आफू त बोल्दैनन् बोल्नेलाई अति सामान्य प्रोत्साहन गर्दैनन् । मैलै नै एउटा किताब ४ वर्ष अघि छापेँ सबैलाई सित्तैमा बाँडेँ पनि तर अहँ कर्सैलाई यस्ता कुरामा चासै नभएझैँ छ । लेख्ने,पढ्ने,चिन्तन गर्ने महिलाहरु हुनुहुन्छ तिनको सोधखोज गर्ने उहाँहरुलाई अगाडि ल्याउने विषयमा पटक्क चासो देखिन्न । मैले नै कान्तिपुरमा छापिएको एक लेख पढेर सोधी खोजी गर्दा सुशीला शर्मासित चिनाजान गरेँ । उहाँ सरदर नेतृभन्दा अलि बौद्धिक हुनुहुँदो रहेछ । उहाँ सित हामी अलिअलि लेख्नेहरु मिलेर एउटा किताब प्रकाशित गरौँ भनेर सल्लाह गरेका छौँ । विशेषतः अखिल नेपाल महिला संघ सित सम्बन्धित महिलाहरु ले अरु कसैलाई पाँडे गाली गर्नु पर्दैन । हाम्रा विचार व्यक्त गर्दा हुन्छ तर त्यति पनि गरिरहेको पाइन्न । आजै कान्तिपुर पत्रिकामा राजाराम गौतम नामधारी लेखकले राष्ट्रपति विरुद्ध भाँडभैलो गरेछन् । जस्तालाई त्यस्तै नगरी हुन्न । समाजमा औँसाहा परेको देखीदेखी चुपचाप बस्न सुहाउँदैन । जति गर्नु पर्ने र जसरी गनर््ु पर्ने हामी गरिरहेका छैनौँ । कुरा पु¥याएर बोल्न पनि सिक्नै पर्ने देखिन्छ । उद्घोषण गर्न, मन्तव्य व्यक्त गर्न प्रमुख अतिथि मन्तव्य व्यक्त गर्न र कार्यपत्र उपर प्रश्न राख्न र टिप्पणी गर्न पनि सिक्न जरुरी देखिन्छ । प्रश्न गरेको हो कि प्रतिवेदन पेस गरेको हो केही भेउ पाइन्न । सामाजिक सञ्जालमा चेतनामूलक र जागृतिमूलक विचार व्यक्त गर्नु भन्दा आफ्नै अनुहार देखाउन पाए भैगयो ।

लेखहरु पढेर लाइक गर्ने एक शब्दमा प्रोत्साहन गर्ने महिला कति होलान् ? तर पनि मेरा लेखहरु सेयर गर्ने साथीहरु निक्कै पाएकी छु, वहाँहरुलाई धन्यवाद दिन्छु । आफूले प्रत्यक्ष नचिनेका साथीेले पढ्दा रहेछन् तर चिनजानका साथी भने बरु के कारणले हो वास्ता नै गर्दैनन् । हामीले हाम्रै घर र छरछिमेकका छोरी चेलीहरुलाई कति सचेत गराएका छौँ । नेतृलाई फोन ग¥यो, फोन उठ्तैन । यस थुकी नदी हुन्छ तर गरेन हो । ठगबन्धन सरकार सबै क्षेत्रमा नालायक भएका अवस्थामा एमाले र अनेम संघमा आबद्ध गर्न ठूलो आँधी ल्याउन सकिन्छ । तर गर्नु त प¥यो नि त । कतिलाई घाँटीभरि पदका माला लगाउँदैमा फुर्सद छैन । कतिलाई फेरिफेरि कुन कुन पदका लागि मरिहत्ते गर्नु छ । काम गर्नेलाई कामको एउटा औसर दिइन्न नगर्नेलाई पदको भारी छ । गरगहनाले पूरै पुरिएर अनहारमा फाहा दलेर भड्काउ लुगा लगाएर भुईँ तहका महिलालाई आकर्षित गर्न कसरी सकिन्छ ?

त्यसैले अधिकांश महिला नेतृको दैनिकी दयनीय रुपमा चलिरहेको देखिन्छ । पार्टी र मोर्चाका कार्यक्रमका मञ्चमा विराजमान भएको आफ्नो फोटो राखेर, नेताको जन्म उत्सवमा वाह वाहको ताँती लगाएर र यसैमा रमाएर बित्छ । नेता पनि यति कुरामा नै मख्ख, । अनि ठाउँ न कुठाउँ नेता र नेतृसित खिचाएको फोटो भाइरल गर्नुपर्छ दसैँ, तिहार र तीज लगायत पर्वका विषयका प्रगतिशील सोच र धारणाहरु छन् तर तिनका विषयमा लेखहरु पढेर पढाएर त्यसको प्रचार प्रसार गर्दा पनि हुने हो । पं्राडा. पोखरेल यस्ता विषयमा लेखिएका लेखहरुका आधारमा अलिकति पनि काम नभएको तथा चेतना जगृत नगराएको कुरा गरिरहनुहुन्छ । हामीले नै अन्धविश्वासी पुराणका विकल्पमा अर्वाचीन पुराण आफ्नै घरमा लगायौँ । आदरणीय वरिष्ठ राजनीतिक व्यक्तित्व भद्रा कुमारी घलेको अन्तर्वार्ता सूचनाप्रेस अनलाइनले प्रकाशित गरेको रहेछ । यस्ता व्यक्तित्वहरुलाई खोजी खोजी राष्ट्रघातीहरु विरुद्ध ,जनमत सिर्जना गर्न सकिन्छ । यस्ता कुरामा कुनै चासो भएको देखिन्न । सकारात्मक सोच राख्नेहरु जति सबैलाई उजागर गनुर्् पर्छ,सबै सबैलाई देशभक्तिपूर्ण अभियानमा व्यापक रुपमा गोलबद्ध गर्नु पर्छ अनि आगामी प्रदेश र संघको निर्वाचनमा बहुमत ल्याउन कुनै समस्या हुँदैन । तर यसका लागि मोर्चा संगठनका अति सामान्य कामहरु जस्तै गठन,पुनर्गठन,सदस्यता वितरण,नवीकरण सम्मेलन आदि मात्र गरेर हुँदैन ।

यस्ता कुराहरु गर्नु मात्रात्मक सामान्य पक्ष हो । कुनै पनि महिलालाई सबै हिसावले कट्टर र प्रतिबद्ध बनाउनु पर्छ । खुल्ला छाती राखेर ठूलो पङ्ति पार्टी र अनेम संघ बरपर गोलबन्द गर्नु पर्छ । विदेश भासिएका नाति,नातिना,छोरा बुहारी र छोरीसित मेसिन्जरमा मात्र झुन्डिएर हुँदैन । जहाँ गयो त्यही जागृतिको स्वर घन्काउन सकिँदो रहेछ । डा. पोखरेलले अस्ट्रेलिया,ब्रिसबेनमा भारत र चीन चाहिँ धनी अनि नेपाल चाहिँ किन अविकसित भन्ने विषयमा जूम कार्यक्रम सञ्चालन गर्नु भयो । नेपाल मन्थन मन्च, ब्रिसबेन,अस्टे«लियाका नामबाट भएको कार्यक्रममा आफू पनि सामेल हुन पाइयो । चेतनशील र जागरुक मानिस जहाँ भए पनि त्यस्ता काममा लागि पर्दो रहेछ । खाने मुखलाई जुँगाले छेक्तैन भनेझैँ जे जति काम भए पनि काम गर्न चाहँदा मौका मिल्छ र मिलाउन सकिन्छ । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ बौद्धिक कर्म गर्ने दृढ इच्छा भने अवश्य सफल भइन्छ ।
लेखक एमाले प्रदेश नंं. १ की सल्लाहकार तथा अनेम के.स. हुनुहुन्छ ।