२० माघ २०७९, शुक्रबार 1675455042
प्रदेश

डेंगुबाट बाँकेमा ६ जनाको मृत्यु

नेपालगन्ज : बाँकेका दुई ठूला अस्पतालमा उपचार गर्न आएकामध्ये डेंगुबाट अहिलेसम्म ६ जनाको ज्यान गएको छ। 

भेरी अस्पताल नेपालगन्जमा चारजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई जनाको डेंगुबाट ज्यान गएको हो। 

भेरी अस्पतालका मेडिकल रेकर्डर अरुणदेव खनालका अनुसार मृत्यु हुनेमा कैलालीका दुई तथा बाँके र बर्दियाका एक जना रहेका छन्। 

कैलालीको टीकापुर नगरपालिका-६ कि १२ वर्षीया बालिका र लम्कीचुहा नगरपालिका-१ का ५३ वर्षीय पुरुषको भेरी अस्पतालमा डेंगुबाट निधन भएको छ। 

त्यसैगरी बाँकेको राप्तीसोनारी गाउँपालिका-२ का ३२ वर्षका पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका-८ का ८६ वर्षीय पुरुषको पनि कोरोनाबाट निधन भएको खनालले जानकारी दिए।