१३ बैशाख २०८१, बिहीबार 1714066804
Banner

निर्वाचनको संघारमा काँग्रेसभित्र भाँडभै्लो, रिता खनालले गरिन प्रधानमन्त्री देउवा र आरजु राणाको भण्डाफोर (भिडियो)

काठमाडौं । नेपाली काँग्रेसका नेता रिता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको लिलामी गरिसकेकाले अब टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

३४ बर्ष नेपाली काँग्रेसको बिभिन्न भूमिकामा रहेर आफनो पुरै जवानी खेर गएको भन्दै खनालले प्रधानमन्त्री देउवा गुण्डाको नाइके भएर अरबौ भष्ट्राचारमा लिप्त रहेको बताउनुभयो । हिजो टाउकाको मुल्य तोक्ने र आज उसैसँग सहकार्य गरेर आफूसँग भएका नेता कार्यकर्तालाई बेवास्ता गर्ने काम भएको भन्दै सिनोको साक्षि अब नबस्ने उहाँको तर्क थियो ।

सूचनाप्रेस सँग विशेष कुराकानी गर्नुहुदै नेता खनालले डा. आरजु राणा देउवालाई के आधारमा समानुपातिकमा राखियो भन्दै प्रश्न गर्नुभयो ? काँग्रेस सभापतिको पत्नी, त्यत्रो पावर, राष्ट्रिय अन्तराष्ट्रिय पावरको प्रयोग गरेर सवैभन्दा शक्तिशाली महिलाका लागि हो त्यो समानुपातिक ? बालुवाटारमा बसेर प्रधानमन्त्रीको पावर प्रयोग गरेर समानुपातिकमा बस्ने हो ? हिजो माओवादीले छानीछानी नेपाली काँग्रेसका कार्यकर्तालाई मा¥यो, तिनका परिवारका कति शहिद भएका छन् ? तिनका परिवारका महिलाहरुले कसरी छोराछोरी पढाए होलान ? कसरी घर चलाए होलान ? अनगिन्ती हिजो बिस्थापित भएका छन् । दशकौ लगानी गरेका महिलाहरु छन तिनको वेवास्ता गदै प्रधानमन्त्री पत्नी समानुपातिकमा बस्नु यो भन्दा लज्जा के हुन्छ ? प्रधानमन्त्री देउवाले गिरोह, तस्करको पार्टी बनाएर राता रात गर्न हुने नहुने गरेर अकुत सम्पति कमाएको खनालले बताउनुभयो । देउवाले सेटिङ्गमा मुलुक चलाएर अरवौं भष्ट्रचार गरिरहेको उहाँको खुलासा थियो । देउवा पार्टीको सभापति नभएर एउटा गुटको मात्रै नेता भएको उहाँले आरोप लगाउनुभयो ।