१३ बैशाख २०८१, बिहीबार 1714063446
खेलकुद

भक्तपुरबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि ६३ जना खेलाडी छानिए

भक्तपुर । गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा आयोजना हुदैछ । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने उक्त प्रतियोगिताकोलागि भक्तपुरबाट विभिन्न १५ विधा खेलमा ६३ जना खेलाडीहरुले सहभागिता जनाउने छन् ।

नवौ राष्ट्रिय खेलकुदका लागि भक्तपुरबाट ६३ खेलाडी छनौट भएको जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो। अध्यक्ष थापाले भन्नुभयो ‘यो पटक एतिहासिक रुपमै धेरै खेलाडीहरु छनोट हुनुभएको छ ।’