१३ बैशाख २०८१, बिहीबार 1714058320
Banner

डेंगी संक्रमितको संख्या २२ हजार नाघ्यो, २९ को मृत्यु

काठमाडौं : हालसम्म डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार डेंगु देखिएका २९ जनाको मृत्यु भएको हो।

२०७९ साउनदेखि हालसम्म २२ हजार ९८८ जना डेंगुको संक्रमण भएको छ। 

जसअन्तर्गत् प्रदेश १ मा ५९१, मधेश प्रदेशमा ३२३, बागमती प्रदेशमा १७ हजार ७३१, गण्डकी प्रदेशमा ५१५, लुम्बिनी प्रदेशमा २८ सय २१, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिएको बताएको छ। नेपालमा पहिलोपटक २०६१ सालमा डेंगु देखिएको थियो।

डेंगु भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने गर्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ। वर्षात् सुरु भएपछि यो लामखुट्टे अत्यधिक सक्रिय बन्ने चिकित्सकहरुको भनाइ छ।