८ बैशाख २०८१, शनिबार 1713621443
Banner

देउवा पक्षलाई शेखर पक्षको चेतावनी : ‘४० प्रतिशत नपाए पार्टीभित्र विद्रोह हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका डा.शेखर कोइराला पक्षले देउवापक्षले समानुपातिकको बन्द सूँची नसच्याइए र टिकट वितरणमा एकलौटी जारी राखे  चुनावमै भाग नलिने चेतावनी दिएको छ । 

शनिवार काठमाडौंमा आयोजित कोइराला पक्षको खबरदारी भेलाको अध्यक्षता गर्नुभएका नेता तथा पूर्व सांसद जगदीश नरसिंह केसीले काग्रेंसमा ६०–४० को भागबन्डाको संस्कृति स्वंयम शेरबहादुर देउवाले सुरु गरेको आरोप लगाउनुभयो । 
उहाँले आफ्नो समूहलाई समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए देउवा पक्षलाई चुनावमा नसँघाउनेसमेत बताउनुभयो ।  

 ‘कांग्रेसमा ६०/४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो । उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो । अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ, हामी बाहिर बस्छौ ।’, नेता केसीकाे भनाइ थियाे ।  

केसीले समानुपातिकको सूची नसच्याइए अर्को विकल्पका लागि तयार रहन समेत उहाँले चेतावनी दिनुभयो  ।

कार्यक्रममा  कांग्रेस नेता मोहन बस्नेतले कांग्रेस केन्द्रीय सदस्य निर्णय विपरीत समानुपातिक टिकट वितरण भएको बतानुभयाे।