१३ बैशाख २०८१, बिहीबार 1714053106
समाचार

७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार २ सय ३४ पिसिआर परीक्षणका क्रममा २९ जना र २ हजार ८ सय ९२ एन्टीजेन परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय १६ संक्रमित कोरोनामुक्त भएका छन् ।