६ बैशाख २०८१, बिहीबार 1713493787
कला/साहित्य

नेपाली फिल्म ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक भएको छ।

नेपालमा सोमबारदेखि प्रदर्शन गर्ने तयारी भइरहेको फिल्मको हिन्दी डब प्रदर्शनअघि नै लिक भएको हो। 

नेपाली फिल्मको इतिहासमा पहिलो पटक हिन्दीमा डब गरी नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ। फिल्मले नेपालमा मात्रै सुरुको दुई दिनमा ५ करोडमाथिको कमाइ गर्ने अनुमान गरिएको छ। 

फिल्मको हिन्दी डबको विवाद तन्किएपछि सेन्सरमा ढिलाइ भएका कारण सोमबारदेखि मात्रै नेपालमा प्रदर्शन हुने तयारीमा छ। यस्तोमा प्रदर्शन अघि नै फिल्मको हिन्दी डब टेलिग्राम मार्फत लिक भएको हो।