७ बैशाख २०८१, शुक्रबार 1713583177
खेलकुद

ब्याडमिन्टन टोलीको बिदाइ

भारतको गुवाहाटीमा आयोजना हुने दक्षिण एशियन जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले शुभकामनासहित टोलीलाई आज बिदाइ गर्नुभयो ।

सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन सङ्घका सदस्य छविलाल शाही रहेका छन् । खेलाडीमा डेभिड थापा मगर, सुरज गुप्ता, कविर केसी, साहिल चन्द, रोज पाण्डे, सानिया चन्द, रोजी राई र रिहाना शेरचन रहेका छन् । नेपाली टोलीले यु–१५ र यु–१७ मा महिला तथा पुरुष एकल र युगल, मिक्स युगल र मिक्स टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्ने सङ्घका सचिव नवीन विक्रम शाहले जानकारी दिनुुभयो ।