७ बैशाख २०८१, शुक्रबार 1713591328
विश्व

पाकिस्तानमा गोली हानाहान हुँदा तीन आतङ्ककारी मारिए

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा दुई छुट्टाछुट्टै कारबाहीमा तीन जना आतङ्ककारी मारिएको प्रहरीको काउन्टर-टेरोरिज्म विभागले शुक्रबार जनाएको छ।

आतङ्कवादी र प्रहरी बीच गोली हानहान हुँदा घटनास्थलमा दुईजना आतङ्ककारी मारिएका थिए । अन्य फरार आतङ्ककारीहरूलाई पक्राउ गर्न आसपासका क्षेत्रमा खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको छ। कारबाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारुद, विस्फोटक पदार्थ, ह्यान्ड ग्रेनेड र असल्ट राइफ समेत बरामद गरिएको छ।