२२ माघ २०७९, आईतवार 1675577777
Banner

राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ हुने आज न्युन सम्भावना


काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध परेको रिटको आज सुनुवाइ हुने सम्भावना न्युन देखिएको छ ।

मुद्दाको पेशी सर्वोच्‍च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा तोकिएको छ। भने स नम्बरमा रहेको कारण आज सुनुवाई हुने सम्भावना कम देखिएको हो । अधिवक्ता सुनिल रञ्जनसिंहलगायतका पाँचजनाले छुट्टाछुट्टै रिट दायर गरेका छन्।

नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको कदम संविधान विपरित भएको भन्दै उनीहरुले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ (४) बमोजिम संवैधानिक दायित्व पूरा नगरेको दाबी गर्दै धारा १३३ (२) (३) बमोजिम विधेयक प्रमाणीकरणका लागि परमादेश आदेश जारी गर्न उनीहरूले माग गरेका छन्। प्रमाणीकरणका विषयमा राष्ट्रपतिलाई संविधानले स्वविवेकको अधिकार संविधानले नदिएको दाबी रिटमा गरिएको छ।

रिट निवेदनमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ। राष्ट्रपतिलाई विपक्षी बनाउन नहुने संवैधानिक व्यवस्था भएकाले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको हो।