११ बैशाख २०८१, मंगलवार 1713933678
Banner

सभामुख र उपसभामुखको पद रिक्त गराउन अदालतमा परेको रिटको सुनुवाई आज हुँर्दै

काठमाडौं । सभामुख र उपसभामुखको पद रिक्त गराउन अदालतमा परेको रिटको सुनुवाई आज हुँर्दै छ । प्रतिनिधिसभाको कार्यकाल सकिएपछि सभामुख र उपसभामुखको पद पनि रिक्त गराउन सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुने प्रवक्ता विमल पौडेलले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानून मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई र जगन्नाथ दुलालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मंसिर ४ गते हुने निर्वाचनको प्रक्रिया शुरू भइसक्दासमेत सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले पदबाट राजीनामा नदिएको अवस्थामा अदालतबाट रिक्त गराउन माग गरिएको छ।