१२ बैशाख २०८१, बुधबार 1714021233
Banner

रुकुममा बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा बस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

भूमे २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।