१३ बैशाख २०८१, बिहीबार 1714047472
Banner

भीमफेदी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुग्यो

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिरहेको छ ।

बसमा सवार यात्रुको संख्या यकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दियो । शवको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।