८ बैशाख २०८१, शनिबार 1713604506
Banner

मकवानपुरको भीमफेदीमा बस दुर्घटना ६ जनाको मृत्यु


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्युभएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
६ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका प्रहरीले गरेको छ ।

दुर्घटनाको थप विवरण केहीवेरमा आउने प्रहरीले जनाएको छ ।