१४ बैशाख २०८१, शुक्रबार 1714141591
Banner

वीर अस्पताल अगाडिका फार्मेसी काठमाडौं महानगरले डोजर लगाएर हटायो (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि संचालन हुँदै आएका फार्मेसी डोजर लगाएर हटाएको छ । महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज दिउँसो डोजर लगाएको हो । अनधिकृत संरचना हटाउन आजसम्मको समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ।

हाल फार्मेसी रहेको स्थानमा वीर अस्पतालले पार्क बनाउने भनेको मा फार्मेसी सञ्चालन गरेको महानगरले जनाएको छ ।

अनधिकृत संरचनामा फार्मेसी रहेक थिए । पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको हो ।