१२ बैशाख २०८१, बुधबार 1713938344
राजनीति

एमाले केन्द्रीय लेखा आयोगमा ७ सदस्य थपिए

काठमाडौं– नेकपा (एमाले) केन्द्रीय लेखा आयोगमा ७ सदस्य थपिएका छन् ।

आयोगमा कास्कीका केशबहादुर केसी, काठमाडौंका प्रेमप्रसाद पराजुली, सुर्खेतका लिलाधर तिवारी, बाराका बद्रि भट्टराई, काठमाडौंका जनक बराल, दैलेखका लक्ष्मी शाह र ललितपुरका रामेश्वर श्रेष्ठ थपिएका छन् ।

नवनियुक्त सदस्यहरुलाई केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।