६ बैशाख २०८१, बिहीबार 1713436994
Banner

ओलीको प्रश्न – गठवन्धन कायमै रहँदा एमालेको सहयोग किन चाहियो ?

काठमाडौं– नेपाली राजनीतिले तय गर्ने मार्ग पहिचानमा अनुभवी नेतादेखि राजनीतिक शास्त्रवेत्ता सफल भएको देखिदैंन । किनकि, राजनीतिले स्वभाविक सामुन्नेको खुला मार्गलाई चिन्दैन, आकस्मिक ढोका अझ झ्यालतिरबाट समाधान खोज्छ । निर्वाचन गराउने घोषणालाई प्रतिगमन करार गरी एमालेविरुद्ध बनाइएको परमादेशी महागठवन्धनलाई एमसीसीको अमेरिकी तुरुपले दुर्घटनामा पर्ने सम्भावना देखिदैंछ । यद्धपी, गठवन्धनका माहिला र साइला दाजुभाइ प्रचण्ड र माधव नेपाललाई भने ठूल्दाई देउवालाई छाड्ने मन छैन । बिचरा, स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेससँग मोर्चा कसी एकदुई सिट ल्याउँला भन्ने सपना चकनाचुर हुने बाटोतिर लाग्दा चिन्ता बढेको छ । अझ एमाले र ओलीलाई ‘देखाइदिने’ भन्दै अहंकारी लवज प्रदर्शन गरिरहेका प्रचण्ड र उनका सहयोगी माधवलाई जीवनकै दुःख आइलागेको हुनुपर्छ ।

प्रधानमन्त्री देउवाले फागुन ५ को साँझमा संसदको सवैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिव दुइघण्टा वैठक गरेपछि उनीहरु थप पिंडामा परेका छन् । प्रतिनिधिसभामा पेश गरि फागुन १६ सम्ममा पारित गर्ने देउवाको अडानले घाइते भएका प्रचण्ड र माधवले फेरी कोटेश्वरदेखि खुमलटारसम्मको एक्सप्रेस यात्रा शुरुगरेका छन् । वालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर एमसीसीको विरुद्धमा आफूहरु नभएको बताउने तर पार्टीका बैठकमा बहुमत नेताहरुको विरोधपछि एमसीसीको विपक्षमा रहेको बताउने दोहोरो र दोग्ला चरित्र उदागिंएपछि सबै मोर्चाबाट उनीहरु स्खलित हुन पुगेका छन् । उनीहरुका दुइजिव्रे चरित्रबाट आजित भएका देउवा त्यही भएर ओलीसँग सहयोग माग्न बालकोट पुगेका हुन् ।
श्रोतका अनुसार, अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपालहरु गठवन्धनका सहयोद्धा भएको अवस्थामा एमसीसी पारित गर्नेदेखि सत्ताका मुद्दामा उनीहरुसँगै सहमति गरेर अघि बढ्न देउवालाई सुझाव दिएका थिए । सँगै ओलीले माओवादी र समाजवादीले गठवन्धन तोड्ने औपचारिक निर्णय गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रमुख दलका हैसियतमा एमालेले खेल्नुपर्ने भूमिका खेल्ने बताएका थिए । देउवाले प्रचण्ड र माधव नेपालले आफूलाई धोका दिएको बताएपछि ओलीले उनीहरुका गैरराजनीतिक चरित्रबाट आफू आजित भएको र गठवन्धन नगर्न सुझाएको स्मरणसमेत गरेका थिए । एमसीसीदेखि सत्ता साझेदारितासम्मका बिषयमा सहकार्य गरेर जान सकिने प्रस्ताव प्रधानमन्त्रीले राखेपछि ओलीले गठवन्धन कायम रहेकै अवस्थामा एमालेले केही गर्न नसक्ने जवाफ दिएका थिए । गठवन्धनमा एमसीसी पारित गर्न स्पष्ट बहुमत रहेको अवस्थामा प्रतिपक्षी दललाई अनावश्यक रुपमा विवादमा नतान्न समेत ओलीले आग्रह गरेका थिए ।
प्रधानमन्त्री देउवाले भने संविधान बमोजिम तीनै तहको निर्वाचन गराउन आफू तयार रहेको र त्यसमा दायाँबायाँ नगर्ने बताएका थिए । तर ओलीले प्रचण्ड र माधवको एजेण्डा कांग्रेस लागेको स्मरण गराउँदै स्थानीय निकायको निर्वाचन एकबर्ष सार्ने षड्यन्त्र आफ्नो पार्टी र नागरिकको विरोधका कारण असफल भएको बताएका थिए । ओली सचिवालय श्रोतका अनुसार, गठवन्धनको साझा वा फरकफरक निर्णय आउनेवित्तिकै एमालेले उपयुक्त समयमा एमसीसीमा आफ्नो धारणा राख्ने ओलीले बताएका थिए । ‘बैठक सकारात्मक भएको छ । देउवाले अव गठवन्धन तोडेर अघि बढ्न हिम्मत पाएका छन्’ श्रोतले भन्यो ।