२५ माघ २०७९, बुधबार 1675886671
Banner

पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजिपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्नुभएको। आज विहान नेकपा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्वआईजिपी खनाल औपचारिक रूपमा एमालेमा प्रवेश गर्नुभएको हो ।

नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा रहनुभएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको थियो ।

खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन् ।