२५ माघ २०७९, बुधबार 1675881104
Banner

बसको ठक्करबाट विद्यार्थीको मृत्युपछि पृथ्वीराजमार्ग अवरूद्ध

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरीमा आज बिहान यात्रुबहाक बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले विद्यार्थीलाई ठक्कर दिएको थियो।

गजुरीको आदर्श माध्यमिक विद्यालयमा पढ्ने एक विद्यार्थीलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएको हो। विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् ।

उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।